सोमबार १४ बैशाख २०८३
बिश्वो

युद्धविरामकै बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौं।  युद्धविराम जारी रहेका बेला लेबनानमा इजरायली आक्रमण हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई बालबालिका र दुई महिला छन् भने ३७ जना घाइते भएका छन्।

गत बिहीबार मात्रै दुई पक्षबीच तीन साताका लागि युद्धविराम थपिएको थियो। तर त्यसपछि पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै आएको छ।

सम्झौताअनुसार सुरक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार इजरायललाई दिइएको छ। आक्रमणअघि इजरायली सेनाले दक्षिणी लेबनानका केही गाउँ खाली गर्न स्थानीयलाई चेतावनी दिएको थियो। त्यहाँ बस्न जोखिमपूर्ण हुने बताइएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा परिचालन गरिएको र कडा कारबाही भइरहेको बताएका छन्। उनले हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप पनि लगाएका छन्।

घटनापछि क्षेत्रीय तनाव थप चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ।

 

तपाईको प्रतिक्रिया