सोमबार १४ बैशाख २०८३
बिजनेस

सुनचाँदीमा निरन्तर वृद्धि, सुन तोलाको ३ लाख नाघ्यो

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौँ ।  सुनचाँदीको मूल्य आज पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ।

हिजो तोलाको २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। हिजो ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

 

तपाईको प्रतिक्रिया