सोमबार १४ बैशाख २०८३
राजनीति

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चुनेको हो।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार बैठकले कुनै प्रतिस्पर्धा बिना आङ्देम्बेलाई दलको नेतृत्व सुम्पिएको हो। यसअघि नै सोही दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि आङ्देम्बेलाई नेता बनाउने विषयमा सहमति जुटाएको थियो।

दलभित्र सहमति कायम गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिनसम्म छलफल गर्दै सहमतिको आधार तयार पारेको थियो।

पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दलको नेतामा चयन भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिसकेका छन्।

तपाईको प्रतिक्रिया