सोमबार १४ बैशाख २०८३
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार (वैशाख १४) सिंहदरबारमा सम्पन्न बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

उक्त बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसका साथै, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक गतिविधि सञ्चालन गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। सो निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने पनि मन्त्री पोखरेलले बताएका छन्।

तपाईको प्रतिक्रिया