बिश्वो
दक्षिण सुडानमा विमान दुर्घटना: पाइलटसहित १४ जनाको मृत्यु
मंगलबार बैशाख १५, २०८३/ Tuesday 04-28-26
जुबा। दक्षिण सुडानमा विमान दुर्घटना हुँदा पाइलटसहित १४ जनाको ज्यान गएको छ। प्रारम्भिक विवरणअनुसार विमानमा रहेका दुई जना केन्याली नागरिक थिए भने अन्य सबै दक्षिण सुडानी नागरिक रहेका थिए।
दक्षिण सुडानको नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण दृश्यता कम हुँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।
दुर्घटना जुबा सहरबाट करिब २० किलोमिटर टाढा भएको जनाइएको छ। घटनास्थलमा विवरण सङ्कलन तथा उद्धार कार्यका लागि टोली परिचालन गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानको भग्नावशेष आगलागीमा परेको देखिन्छ भने आसपासको क्षेत्र कुहिरोले ढाकिएको र पहाडी भू–भाग रहेको देखिएको छ।
तपाईको प्रतिक्रिया