राजनीति
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मंगलबार बैशाख १५, २०८३/ Tuesday 04-28-26
काठमाडौं । शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सिआइबीलाई आदेश दिएको छ।
पत्नी सिमा गोल्छाले गैरकानुनी थुनाविरुद्ध रिट दायर गरेपछि न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीसहित उपस्थित गराउन र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका गोल्छाको पक्षमा वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल लगायतले बहस गरेका थिए।
तपाईको प्रतिक्रिया