काठमाडौं। सरकारले तोकेअनुसार आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ। यसअघि वैशाख २ देखि सुरु हुँदै आएको सत्र यस वर्ष वैशाख १५ देखि लागू गरिएको हो।
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने प्रवृत्ति रोक्न र इन्धन आपूर्तिको समस्या लक्षित गर्दै मिति सारिएको सरकारको निर्णय थियो। यद्यपि केही स्थानीय तहको सहजीकरणमा निर्धारित समयभन्दा अघि नै भर्ना भएको पाइएको छ।
सरकारले कानुनविपरीत लिइएको भर्ना तथा अतिरिक्त शुल्क फिर्ता गराउन निर्देशन दिएको छ भने सर्वोच्च अदालतले पनि नतिजा प्रकाशित र आवश्यक प्रमाणपत्र वितरणपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ।
तपाईको प्रतिक्रिया