राजनीति
राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन
७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
मंगलबार बैशाख १५, २०८३/ Tuesday 04-28-26
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको अवस्था, समस्या र समाधान अध्ययन गर्न उपसमिति गठन गरेको छ।
सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति बनाइएको छ। उपसमितिले आयोजनाको भौतिक तथा वित्तीय प्रगति, समस्या र समाधानबारे अध्ययन गरी प्रतिवेदन दिनेछ।
बैठकमा आयोजनाहरूमा वित्तीय समस्या, निर्माण व्यवसायीको क्षमता र कानुनी जटिलताका कारण ढिलाइ भइरहेको जानकारी दिइएको छ।
त्यसैगरी सांसद राजेन्द्र राईको संयोजकत्वमा कार्यविधि मस्यौदा उपसमिति पनि गठन गरिएको छ, जसलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
तपाईको प्रतिक्रिया