काठमाडौं। शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनभन्दा अघि वैशाखमै तय १५औँ महाधिवेशन नै अघि बढाउने तयारी गरेको छ।
मंगलबारदेखि काठमाडौंमा सुरु विस्तारित बैठकबाट सोही महाधिवेशनलाई एकताको अधिवेशन बनाउने कार्ययोजना तय गरिने जनाइएको छ।
तर गगनकुमार थापा नेतृत्वले भने महाधिवेशन असोजमा गर्ने निर्णय गरिसकेको छ।
नेताहरूबीच एकता र संवाद आवश्यक रहेको बताउँदै निर्वाचन समीक्षा र पराजयका कारण खोज्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ। बैठक तीन दिनसम्म चल्न सक्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया