काठमाडौँ । मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मंगलबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ।
राति भने कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
देशभर पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
तपाईको प्रतिक्रिया