काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने खेलमा नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रनेछन्।
शीर्ष ६ भित्र रहँदै अन्तर्राष्ट्रिय मान्यता जोगाउन दुवै टोलीलाई जित आवश्यक छ। यसअघि खेलेका खेलमा नेपालले यूएईलाई हराएको भए पनि ओमानसँग पराजित भएको थियो। यूएईले भने ओमानमाथि जित निकाल्दै लय समातेको छ।
लिग–२ तालिकामा नेपाल र यूएई दुवै पुछारमा छन्। २२ खेलबाट नेपालले १४ र यूएईले १२ अंक जोडेका छन्। घरेलु मैदानको फाइदा उठाउँदै नेपाल आज जित निकाल्ने लक्ष्यमा छ भने यूएई बदला लिने तयारीमा रहेको छ।
तपाईको प्रतिक्रिया