काठमाडौँ । सुनको भाउ लगातार तीन दिन घटेपछि आज पुनः बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको कारोबार मूल्य तोलाको २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ । हिजो भने सुन तोलामा २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १३५ रुपैयाँले वृद्धि भई ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य ४ हजार ८१० रुपैयाँ रहेको थियो ।
तपाईको प्रतिक्रिया