बालाजु बसपार्क क्षेत्रमा अतिक्रमित घर भत्काउने क्रम जारी
काठमाडौं। बालाजुस्थित गोंगबु बसपार्क क्षेत्रका अतिक्रमित घर टहरा भत्काउने अभियान शनिबार पनि जारी रहेको छ। सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत महानगरले उक्त क्षेत्रमा डोजर चलाएको हो।
महानगर प्रहरीका अनुसार बालाजु–गोङ्गबु बसपार्क क्षेत्र, बालाजु पेट्रोलपम्पदेखि गुम्बासम्म फैलिएका अवैध संरचना हटाउने कार्य निरन्तर भइरहेको छ। नदी किनार, सडक छेउ तथा सार्वजनिक उपयोगका लागि छुट्याइएका स्थानमा बनाइएका घरटहरा हटाइँदैछ।

यसअघि शुक्रबार सरकारले बल्खु र कालिमाटी क्षेत्रमा पनि नदी किनारमा रहेका जोखिमयुक्त तथा अव्यवस्थित बस्ती हटाएको थियो। ती क्षेत्रमा वर्षायाममा सम्भावित बाढी तथा डुबानको जोखिम उच्च भएकाले सुरक्षा दृष्टिले पनि संरचना हटाइएको जनाइएको छ।
महानगरले अतिक्रमण नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको जनाएको छ। हालसम्म काठमाडौं उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घर टहरा हटाइसकिएको जानकारी दिइएको छ।
.jpeg)
तपाईको प्रतिक्रिया