आइतबार २० बैशाख २०८३
समाज

पेसागत असुरक्षाले प्रेस स्वतन्त्रता जोखिममा : अध्यक्ष शर्मा

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

काठमाडौं। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा ले प्रेस स्वतन्त्रता अहिले चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्। पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था र पत्रकारको सुरक्षामा जोखिम प्रमुख कारण भएको उनको भनाइ छ।

विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पक्षबीच ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिन्। लोकतान्त्रिक व्यवस्था आए पनि प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

यो दिवस संयुक्त राष्ट्रसङ्घ ले सन् १९९३ देखि हरेक वर्ष मे ३ मा मनाउँदै आएको हो।

 

तपाईको प्रतिक्रिया