आइतबार २० बैशाख २०८३
समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यातायात एकतर्फी सञ्चालन

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आइतबार बिहान ढुङ्गासहितको पहिरो खस्दा यातायात आंशिक रूपमा प्रभावित भएको छ। हाल उक्त स्थानमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो खसेको हो। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको उनले जानकारी दिए।

बिहानी समयमा सवारी चाप बढ्ने सम्भावना रहेकाले चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ। पहिरो हटाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया