काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ औपचारिक पाँचदिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी साउन ३१ गते काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी गत असार १५ गते भारतीय सेनाको ३१औँ प्रमुखका रूपमा नियुक्त भएका थिए।
नेपाल भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको परम्पराअनुसार मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। भ्रमणका दौरान नेपाल–भारतबीचको सैनिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा समेत उच्चस्तरीय भेटवार्ता हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया