समाज
ग्वार्को फ्लाइओभरमा बस दुर्घटनाः एक जनाको मृत्यु, ६ घाइते
बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26
काठमाडौँ । ललितपुरको ग्वार्को फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहीबार बिहान कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिला यात्रुको मृत्यु भएको छ। उनको पहिचान अझै खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका ६ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया