शुक्रबार २२ श्रावण २०८३
अर्थ

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्ले साहको नियुक्तिलाई स्वीकृति दिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्रक्रियामा निगमका पूर्व निमित्त कार्यकारी निर्देशक समेत रहेका नागेन्द्र साह उत्कृष्ट तीन उम्मेदवारभित्र पर्न सफल भएका थिए।

अन्तिम प्रतिस्पर्धामा नागेन्द्र साहसँगै कौशल केसी र सञ्जीवकुमार देव सिफारिसमा परेका थिए। नेपाल आयल निगममा लामो समय काम गरेको अनुभव र संस्थागत योगदानका आधारमा सरकारले साहलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

नवनियुक्त कार्यकारी निर्देशक साहले पदभार सम्हाल्नेबित्तिकै विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था रहेको छ। विशेषगरी हाल देशका विभिन्न स्थानमा एलपी ग्यासको अभावका कारण उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भइरहेका छन्। ग्यास आपूर्ति सहज बनाउने र उपभोक्ताको समस्या समाधान गर्ने विषय साहका लागि पहिलो प्राथमिकताका रूपमा रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया