काठमाडौं। देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज रातिदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया