काठमाडौं। इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स ले राजस्थान रोयल्स माथि ७७ रनको शानदार जित निकालेको छ ।
२३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रनमा सीमित भयो । राजस्थानका लागि रविन्द्र जडेजा ले सर्वाधिक ३८ रन बनाए । यस्तै वैभव सूर्यवंशी ले ३६, ध्रुव जुरेल ले २४, दसुन शनका ले १६ तथा शुभम दुबे ले १५ रन जोडे ।
गुजरातका राशिद खान ले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । साथै जेसन होल्डर ले ३ तथा कागिसो रबाडा ले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । कप्तान शुभमन गिल ले ८४ रनको उत्कृष्ट पारी खेले भने साई सुदर्शन ले ५५ रन बनाए । वासिङ्टन सुन्दर ले पनि ३७ रनको योगदान दिए ।
राजस्थानका ब्रिजेश शर्मा ले २ विकेट लिए भने रविन्द्र जडेजा र यश पुञ्जा ले समान १–१ विकेट हात पारे ।
यो जितसँगै गुजरात ११ खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित राजस्थान समान खेलबाट १२ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया