राजनीति
सुदूरपश्चिम पुगेका गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न– पार्टीमा देउवाको स्थान के हो?
शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग पूर्वसभापति शेरबहादुर देउवालाई टिकट नदिइएको कारणबारे सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
शनिबार धनगढीमा आयोजित कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै शाहले देउवा र आरजु राणामाथि भएको आक्रमण तथा देउवालाई टिकटबाट वञ्चित गरिएको विषय स्वाभाविक हो वा अस्वाभाविक भन्नेबारे स्पष्ट पार्न आग्रह गरे।
उनले गगन थापाको नेतृत्वप्रति समर्थन व्यक्त गर्दै आगामी १० वर्षसम्म कांग्रेसको नेतृत्व गर्न शुभकामना दिए। साथै, पार्टीभित्र रहेका ‘भाइरस’बाट सचेत रहँदै सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिए।
विशेष महाधिवेशनपछि सभापति बनेका थापा पहिलोपटक देउवाको गृहप्रदेश पुगेका हुन्। उनलाई धनगढीमा नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए।
तपाईको प्रतिक्रिया