बिहीबार २४ बैशाख २०८३
अर्थ

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई प्राधिकरणको कार्यवाहक प्रमुखको जिम्मेवारी तोकेका हुन्।

श्रेष्ठ यसअघि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएपछि अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

तपाईको प्रतिक्रिया