काठमाडौं । सरकारले पुनः संघीय संसद् अधिवेशन बोलाउन सिफारिस गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव पठाउने निर्णय गरेको हो। यो जानकारी सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दिएका छन्।
यसअघि पनि मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद्का दुवै सदनको बैठक बोलाएका थिए। तर, पछि सरकारले नै वैशाख १० गते पत्र पठाउँदै उक्त अधिवेशन स्थगित गर्न आग्रह गरेपछि निर्धारित बैठक रद्द गरिएको थियो।
संविधानको धारा ९३ को उपधारा (१) अनुसार आह्वान गरिएको अधिवेशन स्थगित भएपछि अब सरकारले नयाँ मिति प्रस्ताव गर्दै पुनः संसद् सञ्चालनको तयारी गरेको हो।
तपाईको प्रतिक्रिया