काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
हालको सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने व्यवस्था सहित अध्यादेश ल्याएपछि उनले पद त्याग्ने निर्णय गरेका हुन्। डा. शर्माले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर औपचारिक रूपमा राजीनामा बुझाएको जानकारी दिएका छन्।
स्वास्थ्य सेवाको दशौं तहका कर्मचारी रहेका उनी २०८१ साल फागुनमा वीर अस्पतालको निर्देशक पदमा नियुक्त भएका थिए।
तपाईको प्रतिक्रिया