बिश्वो
तमिलनाडुमा नयाँ युग: विजय थलापतिले लिए मुख्यमन्त्रीको शपथ
आइतबार बैशाख २७, २०८३/ Sunday 05-10-26
भारत। तमिलनाडुमा तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार मुख्यमन्त्री पदको शपथ लिएका छन्। उनीसँगै नौ मन्त्रीहरूले पनि शपथ लिएका छन्।
२३४ सदस्यीय विधानसभा मध्ये १२० विधायकको समर्थन पाएपछि विजयलाई सरकार गठनको अवसर दिइएको हो। उनले भारतीय राष्ट्रिय कांग्रेससहित विभिन्न दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरेका छन्।
राज्यपालले उनलाई निर्धारित समयभित्र विश्वासको मत लिन निर्देशन दिएका छन्। यससँगै तमिलनाडुमा दशकौँदेखि चल्दै आएको डीएमके र एआईएडीएमकेबीचको सत्ताको परम्परामा परिवर्तन आएको छ।
तपाईको प्रतिक्रिया