आइतबार २७ बैशाख २०८३
बिजनेस

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आइतबार बैशाख २७, २०८३/ Sunday 05-10-26

काठमाण्डौ ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । 

अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो । 

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो । 

तपाईको प्रतिक्रिया