काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका १५८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा न्यून रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकताका साथ रकम वितरण गरिएको हो। आगामी चरणमा बचतकर्ताको बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमिक रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत संकलित रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया कानुनी व्यवस्थाअनुसार अघि बढाइएको स्पष्ट पारेको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाहरूबाट उठेको रकम सम्बन्धित सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा फिर्ता गर्ने कार्य निरन्तर जारी रहने जनाएको छ।
तपाईको प्रतिक्रिया