शनिबार २ जेठ २०८३
राजनीति

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

शनिबार जेठ २, २०८३/ Saturday 05-16-26

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ। बैठक अब आगामी सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार आइतबार मनाइने मदन–आश्रित दिवसको तयारीका कारण आजको बैठक सारिएको हो।

बैठकमा पार्टीभित्रको कार्यविभाजन, समसामयिक राजनीतिक विषय तथा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ। निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएको भन्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ।

 

तपाईको प्रतिक्रिया