बिश्वो
ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै: व्यापारदेखि ताइवान र इरानसम्मका मुद्दामा छलफल हुने
बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय भेटवार्ता हुँदैछ।
भेटमा अमेरिका–चीन व्यापार युद्ध, ताइवानको मुद्दा, दुर्लभ खनिज आपूर्ति, कृत्रिम बुद्धिमत्ता (एआई), कृषि व्यापार तथा इरानबाट चीनले गर्ने तेल खरिदबारे विस्तृत छलफल हुने बताइएको छ। ट्रम्पको दोस्रो कार्यकालपछि चीन भ्रमणको यो पहिलो अवसर हो।
ट्रम्पसँगै टेस्लाका प्रमुख इलोन मस्क, एप्पलका प्रमुख टिम कुकलगायत अमेरिकी उद्योग जगतका शीर्ष अधिकारीहरू पनि भ्रमण टोलीमा सहभागी छन्।
विश्व राजनीति र अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएको यस भेटवार्ताबाट दुई देशबीचको व्यापारिक तनाव कम गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया