मंगलबार ५ जेठ २०८३
खेलकुद

सानिमा डेभलपमेन्ट बैंकको ‘तेस्रो सानिमा क्विज–२०८३’ सम्पन्न

सोमबार जेठ ४, २०८३/ Monday 05-18-26

काठमाडौं । सानिमा डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘तेस्रो सानिमा क्विज–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगिताको फाइनल चरण ‘कन्ट्री राउन्ड’ अन्तर्गत विभिन्न समूहबाट छनोट भएका १० टोलीबीच प्रतिस्पर्धा भएको बैंकले जनाएको छ । उक्त प्रतियोगितामा २० जना प्रतिस्पर्धी (प्रत्येक टोलीमा २ जना) सहभागी भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता टोलीले रु ६० हजार र उपविजेता टोलीले रु ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा बैंकका विभिन्न शाखा तथा विभागमा लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीहरूको योगदानको समेत सम्मान गरिएको थियो ।

बैंकले यस्ता आन्तरिक प्रतियोगिता तथा क्षमता विकास कार्यक्रमहरूले कर्मचारीबीचको समन्वय, सीप विकास तथा कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया