राजनीति
प्रधानन्यायाधीश सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी, आज संसदीय सुनुवाइ हुँदै
मंगलबार जेठ ५, २०८३/ Tuesday 05-19-26
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ ।
संवैधानिक परिषद्ले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले १० दिनको समय दिँदै शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । उहाँविरुद्ध १६ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढ्दै गएको भन्दै शीघ्र सुनुवाइ गर्न लागिएको जानकारी दिनुभयो । उजुरी खोल्नका लागि आज बिहान ८ बजे समितिको बैठक बोलाइएको छ । बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।
त्यसपछि उजुरीकर्तासँग छलफल हुने समितिले जनाएको छ । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिबाट शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरिनेछ ।
तपाईको प्रतिक्रिया