शनिबार ९ जेठ २०८३
राजनीति

मधेशमा सत्ता हेरफेर : आज मुख्यमन्त्री यादवले लिँदै विश्वासको मत

शुक्रबार जेठ ८, २०८३/ Friday 05-22-26

काठमाडौं। कृष्णप्रसाद यादव ले आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

गत वैशाख २१ गते जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन बाध्य भएका हुन् । यसअघि जेठ १ गतेका लागि तय गरिएको विश्वासको मतसम्बन्धी प्रक्रिया नेपाली कांग्रेसभित्र देखिएको असन्तुष्टि तथा जनता समाजवादी पार्टी नेपाल को अनिर्णयका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

विश्वासको मत अघि नै मधेश प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण फेरबदल भएको छ । सरकार गठनको नयाँ समीकरणअनुसार जसपा नेपाललाई बाहिर राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारमा सहभागी भएको छ ।

यसैक्रममा मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई पदमुक्त गर्दै एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका छन् । मधेश प्रदेशको बदलिएको राजनीतिक समीकरणले आगामी सरकारको स्थायित्व र शक्ति सन्तुलनलाई लिएर नयाँ बहस सुरु भएको छ ।

 

तपाईको प्रतिक्रिया