शनिबार ९ जेठ २०८३
राजनीति

सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाबाट रविले पाए उन्मुक्ति

शुक्रबार जेठ ८, २०८३/ Friday 05-22-26

काठमाडौं ।  रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता भएको छ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले उक्त दुई कसुर झिक्ने सरकारी निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका हुन्। अब लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहने भएको छ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाएर सहकारी ठगीसम्बन्धी कसुरलाई भने यथावत राख्न माग गरिएको थियो।

अदालतको आदेशमा निवेदनको माग मनासिब देखिएको उल्लेख गर्दै सहकारी ठगीसम्बन्धी अभियोग कायम राखी अन्य दुई अभियोग संशोधनमार्फत हटाइएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया