शनिबार ९ जेठ २०८३
राजनीति

कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया भयो स्थगित

शुक्रबार जेठ ८, २०८३/ Friday 05-22-26

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने तय भएको अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरिएको छ।

कञ्चनपुरको महेन्द्रनगरमा सदस्यता अद्यावधिकसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भए पनि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम रोकिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको समितिले यसअघि जेठ ११ गते कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो। तर, संस्थापनइतर समूहले सदस्यता अद्यावधिक प्रक्रियामा असहमति जनाउँदै सहभागी नहुने अडान राखिरहेका बेला कार्यक्रम स्थगित गरिएको हो।

तपाईको प्रतिक्रिया