काठमाडौँ । बागमती प्रदेश सभाको वर्षे अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ।
प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन बोलाइएको उल्लेख गरिएको छ।
यसअघि बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि केन्द्रित भएर छलफल हुने जनाइएको छ।
तपाईको प्रतिक्रिया