शनिबार ९ जेठ २०८३
समाज

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

शुक्रबार जेठ ८, २०८३/ Friday 05-22-26

काठमाडौँ । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित व्यवस्था अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिइने उल्लेख गर्दै यस वर्ष उक्त पर्व जेठ १४ गते परेको जानकारी दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार उक्त दिन देशभर सार्वजनिक बिदा लागू हुनेछ।

यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमार्फत प्रकाशित भइसकेको छ। त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार परेकाले जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो।

तपाईको प्रतिक्रिया