एमाले सचिवालय बैठकमा ओली र गुरुङको चर्काचर्की
उपाध्यक्ष गुरुङले ओलीलाई सोधे, ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?’
काठमाडौं । नेकपा एमालेको आठौं सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्की भएको छ। शुक्रबार गुण्डुमा बसेको बैठकमा पार्टी पुनर्गठन, ओली-गुरुङबिच नेतृत्वको भूमिका र वर्तमान राजनीतिक अवस्थाबारे भनाभन भएको हो।
अध्यक्ष ओलीले नेतृत्वको रक्षा गर्न नसक्नेहरूलाई जिम्मेवारी दिन नसकिने चेतावनी दिएका थिए। त्यसपछि उपाध्यक्ष गुरुङले एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको भन्दै कडा प्रतिवाद गरेका थिए। केहीबेर दुवै नेताबीच भनाभन भएपछि बैठकको माहोल तनावपूर्ण बनेको नेताहरूले बताएका छन्।
बैठकमा रामबहादुर थापा ‘बादल’ले नेतृत्वमाथि घेराबन्दी भइरहेको दाबी गरेका थिए भने विष्णु पौडेल, गोकर्ण विष्ट लगायत नेताहरूले पार्टीको कार्यशैली, नीति र नेतृत्वबारे व्यापक समीक्षा आवश्यक रहेको धारणा राखेका थिए। शनिबार पनि सचिवालय बैठक बस्नेछ।
तपाईको प्रतिक्रिया