काठमाडौं। नेकपा (एमाले)को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ।
पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समेत खुला रूपमा ओलीको राजीनामा माग गर्दै ‘साँस रहुन्जेल अध्यक्ष भइराख्ने सोच गलत’ भएको टिप्पणी गरेकी छन्।
गुण्डुस्थित ओली निवासमा जारी बैठकमा शाक्यले एमाले कमजोर बन्दै गएको भन्दै अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्। उनले एमाले कुनै व्यक्तिको “पेवा वा गुटको कम्पनी” नभएको उल्लेख गर्दै ससम्मान मार्ग प्रशस्त गर्न ओलीलाई आग्रह गरेकी हुन्।
यसअघि उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पनि नेतृत्व परिवर्तनको विषय उठाएका थिए। शाक्यको अभिव्यक्तिपछि एमालेभित्र ओलीमाथिको नैतिक र राजनीतिक दबाब थप बढेको बताइएको छ।
तपाईको प्रतिक्रिया