काठमाडौँ । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि आफ्ना सांसदहरूसँग परामर्श गर्न संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहीबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा सरकारले ल्याउन लागेको बजेटबारे पार्टीको साझा दृष्टिकोण तय गर्ने, सांसदहरूका धारणा र सुझाव संकलन गर्ने तथा संसद्मा पार्टीले अपनाउने रणनीतिबारे छलफल गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया