बिहीबार १४ जेठ २०८३
अर्थ

फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि

बुधबार जेठ १३, २०८३/ Wednesday 05-27-26

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सङ्घीय राजश्व संकलन ३.२ प्रतिशतले वृद्धि भएको सरकारले जनाएको छ । बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व वृद्धिको जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले यस अवधिमा सङ्घीय खर्च १०.४ प्रतिशतले बढेको उल्लेख गर्दै पुँजीगत खर्चतर्फ भने अपेक्षित सुधार हुन नसकेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा आन्तरिक तथा बाह्य स्रोतबाट गरी कुल ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरिएको छ । साथै, सरकारको वित्तीय सन्तुलन ५८ अर्ब रुपैयाँ घाटामा रहेको तथा प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ ऋणात्मक अवस्थामा रहेको जानकारी पनि उनले दिए ।

तपाईको प्रतिक्रिया