बिहीबार १४ जेठ २०८३
अर्थ

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, सबैभन्दा कम योगदान कर्णालीको

बुधबार जेठ १३, २०८३/ Wednesday 05-27-26

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन् ।

सर्वेक्षणअनुसार प्रदेशगत योगदानमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । नेपालको कुल अर्थतन्त्रमा बागमतीको योगदान ३६.७ प्रतिशत रहेको उल्लेख गरिएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४.२ प्रतिशत मात्रै रहेको छ ।

आर्थिक सर्वेक्षणले नेपाली अर्थतन्त्रमा उपभोगको हिस्सा अत्यधिक रहेको देखाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । खर्चयोग्य प्रतिव्यक्ति आय भने २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया