काठमाडौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो ।
गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेका मुद्दा विशेष अदालतमा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ ।
तर उक्त मुद्दामा विशेष अदालतको सट्टा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले त्यसको कार्यान्वयन रोक्न अन्तरिम आदेश दिएको हो । अदालतले जिल्ला अदालतबाट जारी पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया