काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ संस्थान नाफामा सञ्चालन भएका छन् । त्यस्तै, १६ संस्थान घाटामा रहेका छन् भने २ वटा संस्थान बन्द अवस्थामा छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा रहने संस्थानको संख्या घटेको देखाइएको छ । गत वर्ष २८ संस्थान नाफामा, १५ घाटामा तथा २ वटा बन्द अवस्थामा रहेका थिए ।
सर्वेक्षणअनुसार २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ सेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी रहेको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया