खेलकुद
काभा महिला भलिबलको सेमिफाइनल आज: नेपाल इरानसंग भिड्दै
बिहीबार जेठ १४, २०८३/ Thursday 05-28-26
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज काठमाडौंमा सेमिफाइनल खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो सेमिफाइनलमा भारतले दिउँसो साढे २ बजे काजखस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले साँझ ५ बजे साविक विजेता इरानको सामना गर्नेछ । नेपाल समूह ए को उपविजेता तथा इरान समूह बी को विजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । च्याम्पियन टोली एसियन कपका लागि छनोट हुनेछ ।
तपाईको प्रतिक्रिया