बिहीबार १४ जेठ २०८३
समाज

पत्रकार आचरण विपरीतका काम नगर्न काउन्सिलको आग्रह

बिहीबार जेठ १४, २०८३/ Thursday 05-28-26

काठमाडौं।  प्रेस काउन्सिल नेपाल ले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पेसागत आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरेको छ।

काउन्सिलले पछिल्लो समय स्वअनुगमनका क्रममा अपुष्ट तथा भ्रमपूर्ण सामग्री प्रसारण गर्ने, अनलाइन पोर्टल दर्ता गरेर सामाजिक सञ्जालमार्फत मात्रै ‘भ्यूअर’ बढाउने उद्देश्यले सामग्री प्रचार गर्ने प्रवृत्ति बढेको जनाएको छ।

यस्तै, अनुमति बिना सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, दुर्व्यवहारजन्य गतिविधिमा संलग्न हुने तथा विद्यालयभित्र अभिभावक वा शिक्षकको अनुमति बिना बालबालिकासँग अन्तर्वार्ता लिएर भिडियो सार्वजनिक गर्ने कार्यप्रति पनि काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

तथ्यहीन आरोप, व्यक्तिको चरित्रहत्या, गोपनीयतामाथि असर पुग्ने तथा व्यावसायिक साखमा क्षति पुर्‍याउने मिथ्या सामग्री प्रसारण गर्नु आचारसंहिताविपरीत रहेको भन्दै काउन्सिलले यस्ता गतिविधि रोक्न सबैलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया