राजनीति
सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
शनिबार जेठ १६, २०८३/ Saturday 05-30-26
कैलाली। सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म लागू हुने दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले मस्यौदालाई स्वीकृति दिँदै अब मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो।
प्रदेश नीति तथा योजना आयोगले तयार गरेको योजनाले ‘समुन्नत सुन्दर सुदूरपश्चिम’लाई दीर्घकालीन सोचका रूपमा अघि सारेको छ। उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।
योजनामा कृषि, पर्यटन, उद्योग, सेवा क्षेत्र, डिजिटल पूर्वाधार, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण तथा रोजगारमुखी शिक्षाको विकासलाई विशेष महत्व दिइएको प्रदेश सरकारले जनाएको छ।
तपाईको प्रतिक्रिया