राजनीति
रवि लामिछाने पाँचदिने भारत भ्रमणमा, उच्चस्तरीय भेटघाट गर्ने
सोमबार जेठ १८, २०८३/ Monday 06-01-26
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
रास्वपाका अनुसार उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
रास्वपा प्रवक्ता मनिष झाले यसअघि नै विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी दिएका थिए। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यतालिका रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया