राजनीति
पूर्वसभामुख कृष्णबहादुर महरा १ लाख धरौटीमा रिहा गर्न आदेश
सोमबार जेठ १८, २०८३/ Monday 06-01-26
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
महरा र उनका छोरा राहुलसहित २८ जनाविरुद्ध भेपभित्र सुन लुकाएर तस्करी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार २०२२–२०२३ मा चीनबाट भेपमार्फत सुन तस्करी गरी संगठित गिरोह सञ्चालन गरिएको दाबी गरिएको छ।
यसअघि पनि महराविरुद्ध विभिन्न अदालतमा मुद्दा दर्ता भई धरौटीमा रिहा हुने तथा थुनामा पठाउने आदेशहरू हुँदै आएका थिए।
तपाईको प्रतिक्रिया