सांसदको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय सभामा सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित भएको छ।
सोमबार बसेको बैठकमा प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले उभिएर नाराबाजी गरेपछि बैठक सञ्चालन हुन नसकेको हो। स्थिति नियन्त्रण बाहिर गएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक २० मिनेटका लागि स्थगित गरेका छन्।
आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै भारतले मात्र नभई नेपालले पनि केही भारतीय भूमि मिचेको दाबी गरेका थिए। उनले सीमा समस्या वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विपक्षी सांसदहरूले तीव्र आपत्ति जनाउँदै संसद्मा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्।
तपाईको प्रतिक्रिया