“प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक, बुझेर बोलेको भए खतरनाक” – गगन थापा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
बुटवलमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै “नबुझी बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक” हुने टिप्पणी गरेका हुन्।
थापाले सीमा सम्बन्धी विषयमा व्यक्त अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक रहेको भन्दै त्यसले कूटनीतिक संवेदनशीलतालाई कमजोर बनाएको दाबी गरे। उनले नेपाली कांग्रेसले उक्त अभिव्यक्तिको सम्पूर्ण रूपमा विरोध गर्ने स्पष्ट पारे।
उनका अनुसार यस्तो अभिव्यक्तिले नेपाल–भारतबीचको सीमा सम्बन्धी कूटनीतिक अडानलाई कमजोर बनाउने मात्र नभई समस्याको समाधानका लागि कूटनीतिक माध्यमबाट अघि बढ्ने सम्भावनालाई समेत असर पार्ने देखिन्छ।
सभापति थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपाल–भारत खुला सीमा सम्बन्धी विषयमा सामान्य राजनीतिक सुझबुझसमेत नभएको संकेत गरेको टिप्पणी पनि गरे।
तपाईको प्रतिक्रिया